घोराहीमा मालेबाट मेयरमा पहिलो उम्मेदवारी

 दाङ ,११ बैशाख। दाङको घोराही उपमहानगरको नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

घोराही नगर प्रमुख पदमा पहिलो उम्मेदवारको रुपमा नेकपा (माले)बाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुख पदमा राधिका क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै मौलिक जरोकिलो पार्टिबाट दिर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारि दिएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख पदमा सुशील गन्दर्भले पाहिलो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।


त्यस्तै स्वतन्त्रबाट घोराही उपमहानगर वडा न. १५ का श्रीमन न्यौपानेले घोराही निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै घोराही- १३ को वडाध्यक्षको पदमा राष्ट्रिय जनमुक्ति पार्टी नरबहादुर घर्ती मगरले पहिलो उम्मेदवारी दिएका छन् ।

दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा दलहरुले मनोनयन दर्ताका आजबाट सुरु भएको छ । स्थानीय तहमा भने मनोनयन दर्ताका लागि दलहरुको सहमतिमा दुई दिने कार्यतालिका छुट्टाएको छ ।

घोराही उपमहानगरपालिकामा आइतबार बिहान साढे १० बजेदेखि साढे ५ बजेसम्म साना राजनीतिक दललाई समय दिइएको छ भने सोमवार १२ गते प्रमुख राजनीतिक दललाई मनोनयन पत्र दर्ताको लागि समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । दाङमा साना ठूला गरी २९ दल छन् ।