दाङमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ, २७ असार । दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० जलौराचोकमा कारको ठक्करबाट घोराही १० सौर्यकुलाका अन्दाजी २४ वर्षका देवराज चौधरी मृत्यु भएको हो ।


चौधरीलाई आइतबार राती पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरैको बा ०१ व्याज २५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको हो ।

कारको ठक्करबाट गम्भिर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । मृतक चौधरीको शबलाई प्रतिष्ठानको शबगृहमा राखिएको छ ।