तुलसीपुर
२४ असार / तुलसीपुर नगर जेसिजको आयोजनामा तुलसीपुर ११ स्थित प्राबि कटाहामा आँखा जाँच शिविर भएको छ । सोही शिविरबाट १६१ जनाले सेवा लिएका छन् । जसमा एकसय १३ जना विद्यार्थी र ४८ जना अभिभावक रहेका छन् ।
विद्यार्थीहरुको आँखाको स्वास्थ्य अबस्थाका बुझेनकालागि आँखा शिविर भएको हो । सोही शिविरमा आँखा जाँच गर्दा ६ जना विद्यार्थी र ४८ जना अभिभावकलाई दृष्टिदोषको समस्या देखिएको छ ।
त्यस्तै ५ जना बालबालिकालाई एलर्जीको समस्या, ४ जनालाई सुख्खा आँखाको समस्या,६ जना अभिभावकलाई मोतिबिन्दुको समस्या र २ जनालाई आँसु नलीको समस्या देखिएको कार्यक्रम संयोजक झग्गुप्रसाद भण्डारीले बताए । त्यस अवसरमा तुलसीपुर ११ का वडाध्यक्ष मानबहादुर रावतले आँखा नै स्वास्थ्यको अभिन्न अंग भएकाले यसको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा जेसिज तुलसीपुरका अध्यक्ष केशवराज केसी,पूर्वध्यक्ष झरेन्द्र खरेल, महासचिब पूर्णविक्रम डाँगी, उपाध्यक्ष सन्दिप भुषाललगायतको सहभागिता रहेको थियो ।
लाइभदाङ । २५ असार २०७९, शनिबार २३:२५ बजे