साउन १ गतेदेखि प्रतीष्ठानमा विशेषज्ञसहितको इएचएस सेवा सुरु

घोराही, २१ असार ।

दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिस्तारित सेवा(इएचएस) सुरु हुने भएको छ । प्रतीष्ठानका उपकुलपती डा. बिकास लामीछानेले अस्पतालको सेवालाई थप प्रभाबकारी बनाउन साउन १ गतेदेखि नै यो सेवा सुरु गरिएको बताए । बिस्तारित सेवा दिउसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने ब्यबस्था मिलाईएको र १ बजेपछि बिरामीले सेवा पाउने उनले जानकारी दिए । अस्पतालमा आउने बिरामीहरुले जेनरल बाहेकको समयमा आफुले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उदेश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपती लामीछानेले बताउनु भयो ।


बिरामीहरुले प्रतिष्ठानमा बिस्तारीत सेवा अन्तरगत फिजिसीयन, प्रसुति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाककान घाटि, दन्त, आखा रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने सुचना अधिकारी निशानदाजु भट्टराईले बताए । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछानेले बिस्तारित सेवा प्रभाबकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले दुर्त गतिमा पाउने बताए । उनले बिस्तारित सेवा प्राप्त गर्ने बिरामिहरुलाई लाईनमा लाग्नु नपर्ने र आफुले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्बीत हुने बताए । उनले अब प्रतिष्ठानमा जेनरल सेवापछि पनि चिकित्सकले इएचएसमा सेवा दिने बताए । इएचएस सेवामा नाम दर्ताको लागि ५ सय रुपैया लाग्नेछ ।