मोटरसाईकलको ठक्करबाट प्युठानमा बालकको मृत्यु

प्युठान
२७ कात्तिक / प्युठानमा मोटरसाईकलको ठक्करबाट एकबालकको मृत्यु भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. २ ददेरी निवासी सिधिमान जिसीका छोरा वर्ष ११ का सुदिप जिसीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नंम्वरको मोटरसाईलकलले शनिबार दिउँसो ददेरीमा ठक्कर दिएको थियो। जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।


गैरेका अनुसार फरार मोटरसाईकल चालकलाइ तुलसीपुरबाट पक्राउ गरी प्युठान लगिएको छ । घटनास्थलबाट मोटरसाईकल र मोटरसाईकलको पछाडी बस्ने एक जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको बताएको छ।