स्मार्ट सीटीको मुख्य चोकको खाल्डो, जहाँ पटक–पटक दुर्घटनाको जोखिम हुन्छ

तुलसीपुर
 ३१ साउन / तुलसीपुरमा ‘स्मार्ट सीटी’को खुबै चर्चा हुने गर्छ । किनकी तुलसीपुरलाई स्मार्ट सीटी बनाउने यहाँका मेयरको प्रतिबद्धता र केन्द्र सरकारले दिएको चासोले पनि यहाँको चर्चा हुन्छ । तर, यहाँको बास्तविकता भने फरक छ । चोक मै दुर्घटना निम्त्याउने खाल्डा छन् । सडक बीचमा खाल्डा परेका छन् ।

तुलसीपुर बजारको मुख्य चोकका रुपमा रहेको घोराही चोकमा रहेको खाल्डा परेको छ । शनिबार तुलसीपुर ६ निवासी रमेश चौधरीले चलाएको मोटरसाईकल झण्डै खाडलमा खस्न थालेको थियो ।


सडक बीचमै खाडल छ, भन्ने कुरा उनलाई थाहा भएन । भने‘झण्डै बाँचियो,अगाडी खाल्डो छ, भन्ने थाहा थिएन ।’ त्यस्तै पैदल हिडिरहेकी एमुना केसी पनि अगाडी खाडल नदेख्दा झण्डै खाडलमा खस्नै लागेकी थिईन् । यी त केही पात्रहरुमा मात्रै हुन् ।

सडकबीचमै परेको घोराही रोड चोकको त्यो खाडल व्यबस्थापन नगर्दा दुर्घटनाको जोखिम बढेछ । हरेक व्यक्ती खाडल नदेख्दा खाडलमै खस्नै लागेका हुन्छन् । स्मार्ट सीटीमा परेका यस्ता खाल्डा तत्कालै पुर्नुपर्ने उनीहरु बताउछन् ।