तुलसीपुरमा ब्राउन सुगर विक्री गरिरहेको अबस्थामा २ जना पक्राउ

तुलसीपुर
१९ असार / दाङको तुलसीपुरमा ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ७ निवासी २६ बर्षीय सुन्दर नेपाली र सोही ठाउँका ३० बर्षीय सन्तोष नेपालीले तुलसीपुरमा लागु औषध विक्रि वितरण गर्दै गरेको अबस्थामा पक्राउ गरिएको हो ।


प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार आइतबार साढे ३ बजेतिर तुलसीपुर ७ स्थित राजापुर बाटोमा कारोबारो गरिहेको अबस्थमा ३२० मिलिग्रामका चारवटा पुडिया बरामद गरिएको हो ।