राप्ती बाल एकाडेमीका प्रिन्सीपल भन्छन् : संक्रमित विद्यार्थी घरमै थिए

तुलसीपुर
२२ पुस / राप्ती बाल एकाडेमीका प्रिन्सीपल ठाकुर डाँगीले कोरोना संक्रमित विद्यार्थीहरु विद्यालय नआएको बताएका छन् ।

उनले ति विद्यार्थी केही दिन देखि घरमै रहेको बताए । ति विद्यार्थी विद्यालय नआएकाले विद्यालयमा कुनै समस्या नहुँने समेत बताए । साथै विद्यालयमा सचेतना अपनाएको समेत बताए ।


सोही विद्यालयका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।