Skip to content
Livedang Livedang

समृद्धिको यात्रा

  • होमपेज
  • समाचार
  • सम्पादकीय/ विचार
  • खोजी समाचार
  • फिचर
  • फोटो
  • स्थानीय तह
  • जीवन यात्रा
  • फ्याक्ट चेक
  • भिडियो
  • स्वास्थ्य

Trending Now

लमहीका प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

बालबालिकामा जलवायु परिवर्तन तथा विपद् जोखिम सूचकाङ्कबारे राप्तीमा अभिमुखीकरण

राप्ती गाउँपालिकाद्वारा अग्निपीडित थापालाई राहत सामग्री प्रदान

तुलसीपुर भिएफएक्सको टिकेट दर ४५० देखि ५५० सम्म

अन्तर्राष्ट्रिय हाप्किडो खेलाडी बन्दना बस्नेतलाई घोराही बनाऔँ अभियानद्वारा सम्मान

तुलसीपुरको एकान्त होटेलबाट चार जुवाडे पक्राउ

दाङमा रगत अभाब

पश्चिम दाङमा आगलागीबाट भएको क्षतिप्रति वाणिज्य संघद्वारा दुःख व्यक्त

दाङको बंगलाचुलीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

पानीमा डुबेर पुरुषको मृत्यु

लमही–३ को मजगाउँमा १० लाखको लागतमा नाली र सिँचाइ नहर निर्माण तीव्र

२७ वर्ष शिक्षा क्षेत्रमा बिताएका मनोज कुमार चौधरी, अहिले जनसेवामा सक्रिय

अझै एक साता मनसुन सक्रिय हुने

लाइभदाङ
लाइभदाङ । ३० श्रावण २०७८, शनिबार २२:०७ बजे

दाङ, ३० साउन ।
आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ, वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ ।”

उहाँले भन्नुभयो । देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशको प्रदेश नं १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


विभागले आइतबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३२ दशमलव २ डिग्री सेल्सियस छ ।

थप शीर्षक

  • सगरमाथा स्कुलमा संंस्कारसहितको शिक्षामा जोड

  • साताभर वर्षाको सम्भावना, बिहीबारदेखि अझ धेरै वर्षा हुने

  • किशोरीहरुका सवालमा सबै गम्भीर हुन जरुरी छः उपप्रमुख योगी

भर्खरै

  • लमहीका प्रशासकीय अधिकृतसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • बालबालिकामा जलवायु परिवर्तन तथा विपद् जोखिम सूचकाङ्कबारे राप्तीमा अभिमुखीकरण
  • राप्ती गाउँपालिकाद्वारा अग्निपीडित थापालाई राहत सामग्री प्रदान
  • तुलसीपुर भिएफएक्सको टिकेट दर ४५० देखि ५५० सम्म
  • अन्तर्राष्ट्रिय हाप्किडो खेलाडी बन्दना बस्नेतलाई घोराही बनाऔँ अभियानद्वारा सम्मान

Breaking News

तुलसीपुर भिएफएक्सको टिकेट दर ४५० देखि ५५० सम्म

तुलसीपुरको एकान्त होटेलबाट चार जुवाडे पक्राउ

दाङमा रगत अभाब

अग्रिम साप्ताहिकद्वारा सञ्चालित
सूचना विभाग दर्ता नं.: ३१४९/२०७८/०७९

प्रेस काउन्सिल सूचिकरण नं.:३४२७

प्रधान कार्यालय : तुलसीपुर–५, दाङ

 

सञ्चालक/प्रधानसम्पादक: दिपक बोहरा
सम्पादकः अनिता पोखरेल
प्रवन्ध निर्देशकः हरिश गिरी
सहसम्पादकः दुर्गा विक

ईमेल: [email protected]

सम्पर्कः९८५७८२४७९४

  • Facebook
  • YouTube
Copyright All right reserved livedang.com .. Design By: Aarush Creation