घोराही बसपार्क क्षेत्रका होटलमा प्रहरीको छापा, २७ जना नियन्त्रणमा

दाङ, ३ असार  ।
दाङको घोराही बसपार्क आसपास रहेका केही होटलहरूमा प्रहरीले छापा मारेर महिला र पुरुष  गरि २७ जनालाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले सोमबार साँझ झण्डै १५ वटा होटलमा एकैपटक छापा मारेको हो। प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १३ जना महिला र १४ जना पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ।


प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ। “पक्राउ परेकाहरूको परिचय हाल गोप्य राखिएको छ,” उनले भने। यसअघि पनि तुलसीपुरमा यस्तै प्रकृतिको छापा मारिँदा १७ जना पक्राउ परेका थिए। पछिल्लो समय प्रहरीले होटल क्षेत्रको निगरानीलाई तीव्र बनाएको छ।