फोहर ब्यबस्थापनका लागि हापुरेमा डस्टबीन

प्रेमबहादुर राम्जा
दाङ, १७ असार ।

दाङको बबई गाउँपालिकामा फोहर ब्यबस्थापनका लागि डस्टबीनको ब्यबस्थापन गरिएको छ । गाउँपालिका क्षेत्र तथा हापुरे बजारक्षेत्रको फोहर ब्यबस्थापनका लागि डस्टबीनको ब्यबस्थापन गरिएको हो । गाउँपालिकाको सामाजिक शाखा मार्फत् गल्ने र नगल्ने फोहरलाई ब्यबस्थापन गर्न डस्टबीन ब्यबस्थापन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लका अनुसार गल्ने र नगल्ने फोहरलाई ब्यबस्थापन गर्न दुई प्रकारका डस्टबीन ब्यबस्थापन गरिएको हो ।


बजारक्षेत्रका विभिन्न १५ स्थानमा डस्टबीनको ब्यबस्थापन गरिएको सामाजिक बिकास शाखा प्रमुख तेजेन्द्र घर्तीले जानकारी दिनुभएको छ । बजारक्षेत्रमा हुने फोहर जथाभावी फाल्ने प्रचलन रहेकोले त्यसको ब्यबस्थापनका लागि पहिलो चरणमा डस्टबीनको ब्यबस्थापन गरिएको छ । यस्तै गाउँपालिका प्रशासन भवन रहेको क्षेत्रका विभिन्न दश स्थानमा डस्टबीनको ब्यबस्था गरिएको छ । फोहर ब्यबस्थापनका लागि गाउँपालिकाले एक ट्रयाक्टर खरिद गरेको छ भने ल्याण्डफिल साइड निर्माणको चरणमा रहेको छ ।

हापुरेक्षेत्र क्रमिक रुपमा बजारका रुपमा बिकास हुन थालेको भन्दै गाउँपालिकाले फोहर ब्यबस्थापनमा ध्यान दिन थालेको छ । साथै गाउँपालिकाले डस्टबीनमा गल्ने र नगल्ने फोहरलाई ब्यबस्थापन गर्न आग्रह समेत गरेको छ ।