पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

निराश पाण्डे
शान्तिनगर, ६ चैत्र ।
शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोग एवं असल शासन संरक्षण मंच दाङ्गको आयोजनामा पाँच दिने आधारभुत पत्रकारिता तालीम सोमबार एक कार्यक्रम बिच समापन गरिएको छ।

असल शासन संरक्षण मंच दाङ्गका कार्यक्रम संयोजक निराश पाण्डेको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण कुमार कंडेलको बिशिस्ट आतिथ्यमा भएको समापन कार्यक्रममा प्रमुख अतिथी शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगरको समग्र विकासको लागि सबै एक जुट हुनुपर्ने जनाउदै समाचार लेख्दा निश्पक्ष पुर्बाग्रही बिना लेख्न सहभागीलाई आग्रह गर्नु भएको छ।

साथै प्रमुख अतिथी बस्नेतले नेपाली पत्रकारिता क्षेत्रले एक सय वर्ष पार गरि सक्दा पनि यस क्षेत्रमा चुनौतीहरु भने कम हुन सकेका छैनन किनकी मिडिया क्षेत्रमा लगानिको अभाव छ साथै पत्रकारिताले समाजमा लुकेर गरिने भ्रष्टाचारलाई पर्दाफास गर्दै निरुत्साहित गर्दै सभ्य समाज निर्माणमा महत्वोपुर्ण भुमिका खेलेको बताउनु भएको छ ।


समापन कार्यक्रममा शिव शक्ति मावि धनौरिका ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा, नेपाल पत्रकार महासंघ दाङ्ग शाखाका कोषाध्यक्ष एबं प्रशिक्षक शरद रेग्मी, शिव शक्ति माविका निमित्त प्रधानाध्यापक सनत कुमार गौतम त्यसै गरि सहभागिका तर्फबाट सोहिना शाह र ज्ञान बहादुर बस्नेतले बोल्नु भएको थियो ।

पाँच दिनसम्म संचालित उक्त तालीमको प्रशिक्षकमा शरद रेग्मी, कृष्ण कंडेल ,जे एन सागर, नारायण खड्का , जयन्ती चौधरी ,शर्मिला डि सि, वसन्त पौडेल, र जित सागर जि एम रहनु भएको थियो। तालीममा सोहिना शाहलाई उत्कृष्ट प्रशिक्षार्थी छनौट घोषणा गरिएको थियो ।

तालीममा महिला पुरुष गरि २६ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रमुख अतिथी प्रमोद बस्नेतले प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने कार्यक्रमको संचालन पत्रकार शर्मिला डि सि ले गर्नु भएको थियो।