नेपाल निबृत राष्ट्र सेबक समाज तुलसीपुरद्वारा वडाध्यक्षलाई स्वागत

तुलसीपुर, १४ असार ।

नेपाल निबृत्त राष्ट्र सेबक समाज तुलसीपुर शाखामा आज नबनिर्बाचित वडा अध्यक्षहरुलाई सम्मान तथा स्वागत कार्यक्रम गरिएको छ । समाजका अध्यक्ष निमकान्त ढकालको  अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष धुर्ब गौतमले गर्नु भएको थियो । समाजले तुलसीपुर वडा नम्बर ५ का नबनिर्बाचित वडा अध्यक्ष बिरेन्द्र शाह तथा शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा समाजका आजिबन सदस्य समेत रहनु भएका मीन बहादुर के सी लाई स्वागत तथा सम्मान गरिएको छ ।


उक्त कार्यक्रममा स्वागत मन्तब्य दिदै समाजका सल्लाहकार इश्वरी प्रसाद गैरेले निर्बाचित दुई जना वडा अध्यक्षलाई इमानदारीपुर्बक जनताको सेवामा समर्पित हुदै भाबि मेयरको उमेदवार बन्न सक्ने जनताको मनमनमा पुग्न आग्रह गर्नुभयो । प्रमुख अतिथि तुलसीपुर वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र शाहले जनताको जनचाहना अनुसार चल्न प्रतिबद्ध हुने कुरामा कञ्जुस्यान नगरिने र निबृत्त समाज अग्रज बाट महत्त्वपूर्ण सुझाव समेत पाउने आशा ब्यक्त गर्नुभयो । समाजका आजिबन सदस्य समेत रहनु भएका शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर के सीले जनताको सहभागीता योजना छनौट गराइ अत्यावश्यक योजना तत्काल थाल्न सहयोगी भुमिका खेल्दै अगाडि बढेको राजनीति पेशा नभइ सेवाको रुपमा स्थापित गराउन लागिपरिरहने कुरा राख्दै सम्मान र स्वागत गर्ने समाजलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन समाजका सचिव जगत कुमार वलीले गर्नुभएको थियो ।