जेष्ठ नागरीक संघ बबईले ८० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने

रामप्रसाद सुवेदी
हापुरे, १२ असार ।

दाङको बबई गाउँपालिकामा जेष्ठ नागरीक संघ बबईले ८० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । संघका अध्यक्ष शिबलाल भुसालको अध्यक्षतामा शनिबार बसेको नियमित बैठकले पालिका भित्रका सबै वडाका ८० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई नागरिक्ताको आधारमा सम्मान स्वरुप छाता र खादाले सम्मान गर्ने निर्णय गरेको हो ।


संघले आगामी असार १५ गते वडा नम्बर ४ र ५ का जेष्ठ नागरिकलाई जेष्ठ नागरिक संघबबईको भेटघाट केन्द्र हापुरेमा, १६ गते वडा नम्बर ६ र ७ का जेष्ठ नागरिकलाई जेष्ठ नागरिक संघको भवन चिसापानीमा, १७ गते वडा नम्बर २ र ३ का जेष्ठ नागरिकलाई हंसपुरको शिव मन्दिरमा सम्मान गर्ने कार्यक्रम तय भएको जेष्ठ नागरीक संघ बबईका अध्यक्ष शिबलाल भुषालले जानकारी दिनुभयो ।