आर्थिक बिकासमा लघुवित्तको भूमिका महत्वपूर्ण छ : मेयर खड्का

तुलसीपुर
१२ वैशाख / तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाले लघुवित्तले आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन् । उनले लघुवित्तले शहरी क्षेत्रको मात्रै नभई ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा मेयर खड्काले संस्थाका गतिविधिहरुलाई प्रभावकारीरुपमा अघि बढाउन नियमन,समन्वय आवश्यक समेत बताए ।
लघुवित्त वित्तिय संस्था कर्मचारी मञ्चको आयोजनामा आईतबार तुलसीपुरमा भएको स्थानीय सरकारसंग लघुवित्तको अन्तक्रिया विषय कार्यक्रममा उनले गाउँ समाजमा रहेका आर्थिकरुले विपन्न समुदायका महिलाहरुलाई आर्थिकरुपमा सबल र सक्षम बनाउनका लागि लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको मापदण्डमा न्यूनतम ब्याजमा ऋण प्रवाह गर्न आग्रह गरे ।

ग्रामिण लघुवित्त वित्तिय संस्था तुलसीपुरका शाखा प्रबन्धक भुवन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले लघुवित्तका समस्या समाधान गर्दै आगामी दिनहरुमा समन्वय सहकार्य गर्न सकिने बताईन् । कार्यक्रममा जाल्पा सामुदायिक लघु वित्तका कार्यकारी अधिकृत विमला योगीले नेपालमा ६७ वटा लघु वित्त संस्था रहेको र ती संस्थामा ५६ लाख महिला आबद्व रहेको बताईन् ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत,लेखा समितिका संयोजक माधव वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिजए । कार्यक्रमको विषयमा आत्मनिर्भर लघुवित्तका कार्यकारी निर्देशक सौगतवीर चौधरीले जानकारी दिएका थिए । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाका शाखा प्रबन्धक पार्वता डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा गणपति लघुवित्त वित्तिय संस्थाका शाखा प्रबन्धक सुदन भट्टराईले तुलसीपुर क्षेत्रका लघुवित्त वित्तीय संस्थाको स्थितीका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रमको सहजीकरण स्वावलम्बन लघुवित्त वित्तिय संस्थाका शाखा प्रबन्धक चन्द्रबहादुर थापाले गरेका थिए । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका भित्रका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै कुमारी चौधरीको पतिको मृत्यु पछि राहात स्वरुप २५ हजार ६ सय ५० रुपैँया वित्तिय संस्थाबाट राहत प्रदान गरिएको थियो ।