राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन सिलान्यास

तुलसीपुर, २० फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित राप्ती आँखा अस्पताल रक्षाचौरमा शल्यक्रिया भवन सिलन्यास गरिएको छ । भारतीय दुतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा भवन निर्माण हुन थालेको हो ।

उक्त भवनको मंगलबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, भारतीय राजदुतावासका प्रथम सचिब बशिष्ट नन्दनले संयुक्त रुपमा सिलन्यास गर्नुभएको हो । त्यस अवसरमा उपमहानगरपालिकाका प्रमुख खड्काले आँखा अस्पताल उपमहानगरपालिकाको गौरवको अस्पताल भएको भन्दै यसको स्तरबृद्धिमा सुरुवातदेखि नै सहयोग गर्दै आएको बताउनुभयो । यसले आँखा स्वास्थ्यमा खेलेको भूमिका महत्वपूर्ण रहेको समेत बताउनुभयो ।

त्यस अवसरमा प्रमुख सचिब नन्दनले भारतीय दुताबासले नेपालका बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।


भ्यासहित चार करोड २४ लाख रुपियाँको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । उक्त भवन २०८१ वैशाखमा पूरा गर्ने सम्झौता रहेको छ । सिएनएस, आरएस भिक्टोरिया जेभि बुद्धनगर काठमाडौंले उक्त ठेक्का पाएको नेपाल नेत्रज्योति संघका अध्यक्ष कृष्ण गिरीले बताउनुभयो । २०४५ सालमा उक्त अस्पताल स्थापना भएको हो ।

हालसम्म अस्पतालमा दुई लाख ४४ हजारको शल्यक्रिया गरिएको छ । अस्पताल भवन निर्माण भएपछि शल्यक्रियामा थप सहजता हुने अध्यक्ष गिरीले बताउनुभयो ।

अस्पतालले लुम्बिनी प्रदेशको दाङ, रोल्पा,सल्यान, प्यूठान, रुकुमपूर्वसहित कर्णाली प्रदेशका पश्चिमरुकुम, सल्यान,जाजरकोटसम्मका नागरिकले सेवा लिँदै आएका छन् ।