सहकारीलाई कृषिजन्य वस्तु उत्पादनमा जोडौ : नगरप्रमुख खडका

तुलसीपुर, ९ असार ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खडकाले सहकारीलाई उत्पादनसंग जोडन आग्रह गर्नुभएको छ । बिजौरी साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको आफ्ना गतिविधि बारेमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले महिलाहरुलाई सहकारी र्माफत उत्पादनका कार्यमा अघि बढ्न आग्रह गर्नुभयो ।


सहकारी संस्थाका अध्यक्ष चित्रा धितालको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख खडकाले महिला सहकारीलाई अर्थोपार्जनको बाटोमा अघि बढे सहयोग गर्ने बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले सहकारी र्माफत समाजमा उत्पादन र बचतको संस्कृतिलाई अघि बढाउन सकिने बताउनुुभयो । आर्थिक समितिका संयोजक माधव वलीले परम्परागत कृषि प्रणालीलाई आधुनीकीकरण गर्दै उत्पादनमा अघि बढे पालिकाबाट सहयोग गर्न सकिने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १९का कार्यवाहक अध्यक्ष पूर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

२०७२ सालदेखि सुरु भएको सहकारी संस्थामा साविक बिजौरी गाविसका एक सय ५२ वटा समूहका ६०३ तीन घरधुरीका सात सय ९० सदस्यहरु रहेका छन् । सहकारी संस्थाले पाँच करोड २३ लाख लगानी गरेको छ । आर्थिक वर्ष २०७८÷७९मा २४ लाख ८३ हजार नाफा गरेको छ । कार्यक्रममा सहकारी संस्थाका सदस्य ज्वाला पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो, भने सञ्चालन सुबोधराज रेग्मीले गर्नुभएको थियो ।