दाङ
८ असार / लुम्बिनी प्रदेशका स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री(वली)को घटनामाथि छानविन गर्न बनेको टोली दाङ आएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, वालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएको छ । मन्त्री शार्मा मंगलबार राति नै तुलसीपुर आएका हुन्, भने घर्ती र सुवेदी बुधबार विहान तुलसीपुर आएका हुन् ।
उनीहरुले आज प्रहरी र परिवारका सदस्यसंग छलफल गर्ने छन् । अनुसन्धानका क्रममा खटिएका सबै प्रहरी, एकराज बस्नेत, उनकी श्रीमती, वुवा, दाईलगायतका परिवारका सदस्यसंग कुराकानी गर्ने छन् । उनीहरुले छानवविन गरि प्रतिवेदन तयार पारेर मन्त्रीपरिषदमा पठाउने मन्त्री शर्माले बताए ।‘हामीले छानविन गरेर प्रतिबेदन तयार गरेर मन्त्री परिषदमा पठाउछौं’,उनले भने‘त्यसपछि यसमा सरकारले आफ्नो धारणा बनाउछ ।’ बजेट पनि पारित गर्नुपर्ने भएकाले छिटो प्रतिबेदन तयार पार्न तर्फ छानविन समितिको टोली लागिरहेको छ । राज्य मन्त्री वलीले केही दिन अघि वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो कारोवार भएको भन्दै घरमै गएकी थिइन । एकराजले ३५ लाख रकम सापटी लिएको र अहिलेसम्म नदिएको भन्दै त्यो रकमका विषयमा छलफल गर्न घर गएको विमलाले बताएकी छिन् । तर, घरमा जाँदा एकराज नभेटिएको र घरमा रहेकी श्रीमतिसंग हातहालाहालको अबस्था भएको थियो । एकराजकी श्रीमति मिना बस्नेतले आफूमाथि हातपात गरेको भनी अरोप लगाएकी थिइँन ।
राज्यमन्त्री वली हाल वुटवल छिन् । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न मन्त्री शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।
लाइभदाङ । ८ असार २०७९, बुधबार १२:५४ बजे