
तुलसीपुर,२५ भदाै । दाङको बेल्झुण्डीमा एम्बुलेन्स माथि तोडफोड भएको छ। तुल्सीपुर बजारबाट अक्कासी भन्ने ठाउँमा सुत्केरी बिरामी छोडेर फर्किने क्रममा एम्बुलेन्समाथि तोडफोड भएको हो। युवाहरूको केही समूहले बेलझुण्डीमाथि एम्बुलेन्समा तोडफोड गरेको एम्बुलेन्स चालक जीवन बुढाले बताए ।
केही युवाहरूको समूहले बुलबुक माग गरेको र बुलबुक राखेर एम्बुलेन्स छोडदिएको उनको भनाइ छ। रा १ च ५१२ नम्बरको एम्बुलेन्समा यसरी तोडफोट भएको हो।
दिउँसो २ बजेतिर तोडफोड भएको उनले बताए । तोडफोडबाट अगाडिको सिसा पूर्णरूपले भएको छ। साथै चालक जीवन बुढालाई हातपात समेत भएको छ।



लाइभदाङ । २५ भाद्र २०८२, बुधबार १५:३४ बजे