तुलसीपुरमा एकैदिन झन्डै ५० जना युवाहरुले रक्तदान गरे

तुलसीपुर, ५ असार ।

तुलसीपुरमा एकैदिन ५० जना युवाहरुले रक्तदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका नगर स्तरिय युवा संजालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका कार्यालयको समन्वय र जिल्ला युवा समिति दाङको सहकार्यमा शनिवार राप्ती प्रादेशिक अस्पताल स्थित ब्लड बैंकमा रक्तदान कार्यक्रम गरिएको थियो ।


सो अवसरमा झन्डै ५० जना युवाहरुले रक्तदान गरेको आयोजकले बताएको छ । युवा संजालका नगर अध्यक्ष ओद बहादुर भण्डारी(गणेस)को अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं उपप्रमुख स्यानी चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ४६ जना युवाहरुले रक्तदान गरेका छन् । युवाहरुले सामाजिक तथा सृजनशिल काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको नगर अध्यक्ष भण्डारीले बताउनुभयो । समाज रुपान्तरणका लागी युवाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले आगामी दिनहरुमा पनि उदाहरणीय काम गरेर देखाउने उहाले बताउनुभयो ।

सो अवसरमा नगर प्रवक्ता माधव वली, कार्यपालिका सदस्यहरु लक्ष्मण विश्वकर्मा, मोहन विक, तुलसीपुर ६ का निवर्तमान वडा अध्यक्ष नवराज लामीछाने, तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, स्वास्थ्यकर्मी दोर्ण वली लगाएतको सहभागिता रहेको थियो । साथै उक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण युवा संजालका सचिव प्रेरणा परियारले गर्नुभएको थियो । यस्तैगरी अस्पतालमा रहेका ४५ जना विरामीहरुलाई फलफुल समेत वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।