विद्युत अनियमित भएको भन्दै विद्युतका कर्मचारीलाई थुनियो

दाङ
५ असार / दाङमा विद्युत अनियमित भएको भन्दै तुलसीपुर स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कार्यालयका कर्मचारीलाई थुनिएको छ । भित्र काम गरिरहेको अबस्थामा तुलसीपुर केही नागरिकले विद्युत कार्यालय भवनको गेट र कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

आईतबार विहान १० बजेतिर उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि कर्मचारीहरु भित्रै थुनिएका छन् । लामो समयदेखि विद्युत अनियमित हुँदा ब्यबसाय नै चौपट्ट हुनुकासाथै गर्मीले पनि सताउने गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।“लामोसमयदेखि झ्याप्प, झ्याप्प विद्युत जाँदा निकै समस्या हुन थाल्यो, हरेक काम विद्युतबाट हुन्छ”, तुलसीपुर निवासी इश्वरी प्रसाद गैरेले भने“त्यसैले हामीले तालाबन्दी गरेका हौं ।”

विद्युत आउने र जाने क्रम नियमित हुँदा आजित भएपछि केही दिन अघि पनि विद्युत कार्यालयलाई ज्ञापन पत्र बुझाएको तुलसीपुर निवासी बसन्त गिरीले बताए । उनका अनुसार त्यो ज्ञापनपत्रको कुनै चासो नदिएको र विद्युत अनियमितता भइरहेकाले तालाबन्दी गरिएको हो ।

लोडसेडिङ भएपनि त्यसको सूचना जारी गरि तालिका सार्वजनिक गर्नुपर्ने स्थानीय रेशम बस्यालले बताए ।‘यदि विद्युत नियमित जाने अबस्था रहेपनि त्यसको सूचना जारी गरेर तालिका सार्वजनिक गर्नुपर्ने हो’,उनले भने‘तर, त्यस्तो नहुँदा हामी मारमा परेका छौं ।’ आफ्नो माग पूरा नहुँदासम्म ताला लगाउने उनले बताए ।

उवासंघद्वारा ज्ञापनपत्र
No description available.विद्युत नियमित गर्न माग गर्दै तुलसीपुर उद्योग बाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ । आईतबार कार्यालयमै पुगेर संघले ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष रामप्रसाद चालिसेले छिटो यो समस्या समाधान हुनुपर्ने बताए । त्यसकालागि संघले कर्मचारीदखि अन्य आबश्यक सहयोग गर्ने समेत बताए । विद्युत अनियमित हुँदा उद्योग धन्दा सञ्चालनमा समस्या रहेको छ । त्यस्त विद्युत, आउने जाने हुँदा मोटर,पंखा, फ्रिज,हिटर, कम्प्यूटर,ल्याप्टप, बल्ब, मोवाईल विग्रिने गरेको बताए ।


ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण विद्युत केन्द्र तुलसीपुरका प्रमुख ज्ञान प्रसाद फर्सालले विद्युतको यो समस्यामा आफू गम्भीर बनेको बताए । अहिले देशका बिभिन्न ठाउँमा चट्याङ्, हावाहुरीलगायतका समस्याले गर्दा विद्युत अनियमित हुने गरेको बताए । अन्य ठाउँमा समस्या हुँदा त्यसले तुलसीपुरलाई पनि असर गर्ने उनको भनाई छ ।

तुलसीपुरमा विद्युत भोल्टेजको समस्या भने नभएको बताए । बबईको च्याटिखोलामा १३२ केभि लाईन तुलसीपुर आएकाले भोल्टेजको पनि समस्या नभएको र विद्युत अभाब पनि नरहेको बताए । साथै उनले तुलसीपुरको कृषणमन्दिर र आँखा अस्पतालको विद्युतको समस्या हल गर्न दुई वटा ट्रान्सफर्मर जडानको काम अगाडी बढाउन लागिएको समेत बताए । त्यसकालागि एक करोड बजेट आएको उनको भनाई छ ।

त्यस्तै मानपुर, विजौरी,एयरपोर्ट, फुलवारीको समस्या समाधानकालागि पनि बजेट ल्याउने प्रक्रिया अघि बढेको फर्सालको भनाई छ ।