दाङमा चितुवाको आक्रमणबाट दुईजना घाइते

देउखुरीमा केही समय अघि देखिएको चितुवा ।तस्विरःwwf

तुलसीपुर, २४ चैत । दाङमा चितुवाको आक्रमणबाट दुई ब्यक्ती घाइते भएका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नं.१ भालुवाङको भालुबाङ अस्पताल नजिकै कुलोमा चितुवाले आक्रमण गर्दा सोही ठाउँका ५९ बर्षीय तिलकराम खड्का र सोही ठाउँका ३० बर्षीय सुशिल खड्का घाइते भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान ११ बजेतिर आक्रमण गर्दा खड्काको ओठ र दाहिने हातमा चोट लागेको छ, भने बिष्टको दाहिने हातमा चोट लागेको छ ।

उनीहरुको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ । अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । साथै चितुवालाई प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई वन डिभिजन कार्यालय लमहीलाई बुझाईएको छ ।