खाद्रेका यमबहादुर बुढा हराएको एक महिनासम्म पनि भेटिएनन्

दाङ, १९ माघ ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ खाद्रेका एक बालक सम्पर्क विहीन भएको एक महिनासम्म पनि भेटिएका छैनन् ।

साजन बुढाका १३ वर्षीय छोरा यमबहादुर बुढा गएको पुस २० गतेदेखि हराएका छन् ।

उनी पुस २० गते करिब ३ बजेतिर गोल खेल्ने चौरमा फुटबल खेल्न जान्छु भनि घरबाट निस्किएपनि त्यो दिनदेखि सम्पर्कमा नआएको बुवा बुढाले बताए ।

जनश्रम माध्यमिक विद्यालय, खाद्रेमा कक्षा ६ मा अध्ययनरत उनी हराएपछि परिवारले खोजी गरिदिन आग्रह गरेको छ ।


खोजीकालागि आफन्तले शनिबार मात्रै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका छन् ।

यमबहादुरलाई देख्नुहुने वा उनको बारेमा कुनै जानकारी पाएमा नजिकैको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन परिवारले आग्रह गरेको छ ।

जानकारीका लागि ९८६८६३००७३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।