तुफानबाबु श्रेष्ठ
तुलसीपुर, ३ असार ।
मीठो वैंशालुको वैंश
मलाई औधि माया गर्ने माया कहाँ गईछ
जीवनको हरेक पलमा साथ दिने मायालुको खोजी गरिएका सुन्दर गीतका शब्दहरुमा गायक लक्ष्मण राईले स्वर भरेका छन्। “पिरतीको भाका” बोलको गीतमा प्रेमको मिठासपूर्ण भावना सञ्चार गरिएको छ । गायक राईकै शब्द रहेको गीतमा संगीत युवा पुस्ताका गायक तथा संगीतकार चेतन राईको हो।
३५ वर्ष शिक्षण पेशाका सेवाधर्मि भई हाल रिटायर्ड जीवनलाई सिर्जनाको लयमा लहराइ रहेका सक्रिय लक्ष्मण कुशल वाद्यवादक पनि हुन्। उनले हार्मोनियम, वासुरी, मादल, तबला र गितार बजाउँने गरेका छन्। सल्यानी माटोमा हुर्किएका राईले प्रेमका सुन्दर भावनाहरुलाई कुशल शब्द र स्वरमा व्यक्त गरेका छन्। प्रेमको आभाष गराएर छोडी जाने मायालुसँग उनले गीतमा गुनासो गरेका छन्। सानै उमेरदेखि गीत, संगीत, गायन र नाट्य कलामा योगदान दिदैं आएका राई फाईन आर्टमा पनि निपुण छन्। उनले आफ्नो जीवनकालमा पहिचान शिक्षण पेशा, कला, संगीत र गायन अनि साईन बोर्ड लेखनबाटै बनाए। यो क्रममा उनले धेरै कलाकारलाई सिप पनि सिकाए।
सेकाइ ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको गीतमा एरेन्जर सूर्य रुम्बा रहेका छन्। मिक्सरमास्टर आरबि लामा सिंगदान, काष्टमा संयम सिंह र सेलिना प्रधान रहेका छन्। एमयूए दीया रिजाल, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन्। क्यामरा असिस्ट विशाल थापाको, पोशाक नेम ईट, ड्रोन अनिल कटवालले चलाएका हुन् भने संपादन फराज अर्पणको रहेको छ। गीतको भिडियो उत्पादनमा कल्पना श्रेष्ठ राई रहेकी छन्। निर्देशन युवा संगीतकार चेतन राईले नै गरेका हुन्।
लाइभदाङ । ३ असार २०७९, शुक्रबार १४:३६ बजे