राजपुर-७ मा ३ दिने हेफर आधारशिला तालिम समापन

सागर रोका

राजपुर, ८ चैत । राजपुर गाउँपालिकाका वडा नम्बर-७ स्थित सिमगजमरी नाकामा आइतबार देखि संचालन भएको ३ दिने हेफर आधारशिला तालिम बुधबार समापन भएको थियोे ।

आइतबार देखिबाट संचालन भएको ३ दिने हेफर आधारशिला तालिममा भने ३०/३५ जना दिदिबहिनीको सहभागिता रहेको थियो । भने अबका दिनमा यो भन्दा महत्त्वपूर्ण तालिमहरु राखिने अध्यक्ष शरद बुदाथोकीले जानकारी दिनु भएको छ ।

यस्तै गरेर हेफर आधारशिला तालीमबाट केहि कुरा र केहि सीप सिक्न पाएकोमा धेरै खुशी र अब हामीले पनि केहि गर्न सक्ने रहेछौं भन्दै अझै हामिलाई तालीमको कमिकम्जोर नहुन दिनन सिमगजरीका बासी सुन्तली रानाले बताइन ।

केहि वर्ष पहिले शिलाइ कटाई तालीम राम्रोसँग तालीम लिन नपाएर नै अधुरो भएको स्थानीय सिमगजमरी महिला दिदिबहिनीहरुको गुनासो रहेको भन्दै गुनासो गरेका छन ।

त्यस्तै नाकामा हरेक कुराबाट पछाडी परेकोले गर्दा विशेष गरेर नाकामा बसोबास गर्ने महिला दिदिबहिनीलाई अझै यो भन्दा महत्त्वपूर्ण तालीम दिन आवश्यकता रहेको जनज्योती माध्यमिक विद्यालय बेलाका शिक्षक पाठेश्वर यादवले जानकारी दिनु भएको छ ।

राजपुर गाउँपालिका अध्यक्ष शरद बुदाथोकीले ३ दिने हेफर आधारशिला तालिम समापन भएको केहि हप्ता पछि लगत्तै कृषि तालीमको पनि जोडदिने उहाँले बताउनु भएको छ ।


अब नाकामा हरेक गाउँ टोलमा पछाडी परेका महिला दिदिबहिनीहरुलाई कुनै पनि तालीमबाट बन्चित नहुन दिनको लागी राजपुर गाउँपालिकाबाट गर्नु पर्ने सहयोग पुर्ण रूपमा रहने उहाँको भनाइ रहेको छ ।

अब कुनै पनि समस्या नहुन दिनको लागी गाउपालिका अध्यक्षले गाउँ टोलमा अझै पुर्ण रुपमा सचेतना कार्यक्रम हुन आवश्यक रहेको बताउनुभयो ।

नाकामा बसोबास गर्ने महिला दिदिबहिनीको लागि हेफर आधारशिला तालिमले मात्रै नहुने र अझै विभिन्न तालीममा कार्यम आवश्यकता देखिएको गाउँपालिका का अध्यक्षले बताउनु भएको छ ।

नाकाली दिदिबहिनीहरुको लागी हरेक शिपमुलक तालिम बाट बन्चित हुनबाट अगाडी बडाउनको लागी अब घरको काम मात्रै नभएर सिपमुलक तालिमको पनि आवश्यकता भएको परिशिष्ट झग्गी सार्कीले बताइन ।

त्यस्तै गरेर हेफर आधारशिला तालिम वडाको नाका क्षेत्र पश्चिम भौवा नाका देखी पुर्व गन्ढैला नाकासम्म रहने हेफर आधारशिला तालिम का परिशिष्ट झग्गी सार्कीले बताइन ।

अब सिमगजमरी हेफर आधारशिला तालिम कार्यक्रम समापन भएलगत्तै सुनपथरी हुने हेफर आधारशिला तालिम का परिशिष्ट झग्गी सार्कीले बताइन ।