दाङमा सर्पको टोकाईवाट किशोरको मृत्यु

तस्वीर : कुलदीप न्यौपाने

तुलसीपुर
२८ साउन / दाङमा सर्पको टोकाईबाट एक किशोरको मृत्यु भएको छ ।

बुधबार राति ११ बजेतिर शौचालय जानकालागि टेबलबाट मोवाईल झिक्ने क्रममा सर्पले डस्दा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी १८ बर्षीय मुक्ती पुनको मृत्यु भएको हो ।


पारिवारिक स्रोतका अनुसार कक्षा ९ मा पढ्दै गरेका पुनलाई उपचारकालागि गोरुसिंगै लगिएको थियो । उनलाई त्यहाँ पु¥याए लगतै मृत घोषणा गरिएको थियो ।

आमा वुवाको पहिल्यै निधन भएकाले उनी भालुवाङ स्थित आफ्ना ठूला वुवाको घरमा बस्दै आएका थिए ।