प्रादेशिक अस्पतालको नयाँ भवनमा प्रसुति ,नवजात शिशुको सेवा र ल्याप्रोस्कोपी सेवा सुरु हुने

तुलसीपुर
१ असार / राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरको नवनिर्मित भवनमा प्रसूति एवम् नवजात शिशुको उपचार सेवा सञ्चालन हुने भएको छ ।

त्यसालागि लुम्बिनी प्रदेश सरकारले . १ करोड बजेट बिनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९/०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


त्यस्तै अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारको गर्न राप्ती प्रादेशिक अस्पताल र प्यूठान अस्पतालको लागि रू. २ करोडका दरले रू. ४ करोड विनियोजन गरिएको छ ।