दाङ, २४ साउन । राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्माले संसद बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरेका छन् ।
जनसरोकारका विषयमा छलफल गर्ने थलो संसदलाई अवरोध गरेर कुनैपनि ढंगले यसको औचित्य पुष्टि गर्न नसक्ने भन्दै एमालेले संसद अवरोध गर्न नहुने उनको तर्क थियो । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताए ।
उनले सुन काण्ड, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण वर्तमान सरकारले उजागर गरेपछि राजनीतिक पूर्वाग्रह साँधेर एमालेले संसद बैठक अवरुद्ध पारिरहेको आरोप समेत लगाए ।
सांसद शर्माले राज्यप्रति बिरोध गर्ने पुराना आदत र परम्परालाई निरन्तरता दिने कुराले देश र जनता कसैको पनि भलाई नहुने पनि बताए ।
लाइभदाङ । २४ श्रावण २०८०, बुधबार १५:०६ बजे