नाच भाइरल भएपछि बबईका स्वास्थ्यकर्मीले मागे माफी

तुलसीपुर
९ भदौ / दाङको बबई गाउँपालिकाले सञ्चालनमा ल्याएको हापुरे प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीले‘डगी डान्स’ गरेपछि आलोचित बनेका छन् । विप्लवसहितका ४ राजनीतिक दलले गरेको बन्दको दिन कार्यालयमै अस्पताल प्रमुखसंग अनुमति लिएर उनीहरुले तिज बिशेष कार्यक्रम गरेका थिए । खानपिन कार्यक्रमसंगै नाचगान पनि थियो ।

कार्यालयको पोशाकमै रहेकै क्रममा अस्पतालमा कार्यरत कार्यालय सहयोगी सन्ध्या बुढाले उक्त नाच प्रस्तुत गरेकी थिइन् । त्यो नाच प्रिङ्का वलीको मोवाईलमा खिचिएको थियो । खिच्दा टिकटकमा नहाल्ने सहमति थियो । तर, प्रिङ्काले त्यसलाई आफ्नो टिकटकमा राखेपछि उनीहरु आलोचित भएका हुन् । कार्यालयको पोशाकमै रहेकाले त्यो टिकटक फाल्न उनीहरुले पटक–पटक हटाउन पनि अनुरोध गरे । तर, प्रिङ्काले मानिनन् ।

त्यपछि त्यो टिकटक सामाजिक सञ्जालमा भाइरल भयो । धेरै टिकाटिप्पनी भएपछि स्वास्थ्यकर्मीहरुले सामूहिक रुपमा माफी मागेका छन् । विहीबार उनीहरुले टिकटकबाटै माफी मागेका हुन् । उनीहरुले गीत र भिडियो भुलबस पोष्ट भएकोमा माफी मागेका हुन् । सामाजको आफ्नो दायित्व नभुल्ने र मर्यादामा रहेर सेवा गर्ने जिम्मेवारीबाट आफूहमरु बिमुख नभएको उनीहरुको भनाई छ ।


 

https://www.tiktok.com/@priyanka_oli/video/7135677840820899098?_t=8V7fmUSJFWU&_r=1