मेट्रोमा थप कक्षा थप्न आग्रह

गोकर्ण पौडेल
दाङ, १ असार ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा लुम्बिनी बौद्ध विश्वविद्यालयले थप कक्षा सञ्चालनमा चासो व्यक्त गरेको छ । कलेजले विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा कानुन विषय पढाउदै आएको छ । डिप्लोमा तहमा भने कृषि वन विज्ञान पढाउदै आएको छ ।


विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न ब्रजाचार्य र नगरप्रमुख टीकाराम खडका, कुलसचिव डा. तिलकराम आचार्य र उपप्रमुख स्यानी चौधरीबीच छलफल भएको थियो । छलफलका क्रममा उपकुलपति प्राडा हृदयरत्न ब्रजाचार्यले हाल सञ्चालन भइरहेका विषयको समीक्षा गरेर कक्षा थप गर्न सकिने बताउनुभयो । उहाले दाङमा आर्युवेद क्याम्पस,वन जङ्गलले भरिपूर्ण जिल्ला भएकाले कृषि वन विज्ञानमा स्नातक तह कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो।

नगरप्रमुख टीकाराम खडकाले नेपालभरबाट मेट्रो कलेजमा कानुन विषय पढ्ने विद्यार्थी आकर्षण बढेकाले सङ्ख्या ४० बढाएर ८० जना पु¥याउन आग्रह गर्नुभएको थियो । नगरप्रमुख खडकाले स्थानीय सरकारले शिक्षा क्षेत्रको स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उपप्रमुख स्यानी चौधरीले समाजमा विकासको पूर्वाधार शिक्षा भएकाले थप कक्षा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।