राप्ती लाइफ केयरले मेघा बैंकका ग्रहाकलाई छुट दिने

तुलसीपुर
३१ जेठ / दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटलले मेघा बैंकका ग्रहाकलाई छुट दिने भएको छ । हस्पिटल र बैंकबीच छुट दिने सहमति भएको अस्पताल निर्देशक जीवन भण्डारीले बताए ।

उनका अनुसार फार्मेसीमा ५ प्रतिशतसहित अप्रेशन,एम्बुलेन्सलगायत अन्य सम्पूर्ण सेवामा १० प्रतिशत छुट दिने सहमति भएको हो ।


अस्पतालका निर्देशक भण्डारी र बैंकको तुलसीपुर शाखाका म्यानेजर राजन भण्डारीबीच यस्तो सहमति भएको हो ।