सुरुवातमै तुलसीपुरले दिएको सन्देश

मुलुकमा स्थानीय तहको निर्वाचन भयो, र, नयाँ जनप्रतिनिधिहरु आए । ति जनप्रतिनिधिहरुका गतिबिधिहरु अहिले सबैले नियालिरहेका छन् ।सुरुमा गरिने निर्णय हुन्, वा उनीहरुका गतिबिधिले उनीहरुको कार्यकाल कस्तो बन्न सक्ला भन्ने आँकलन हुन सक्छन् ।यही बीचमा केही स्थानीय तहहरु विवादित बन्न थालेका छन् । तुलसीपुर उपमहानगरपालिका सुरुवातमै विवादित बन्दै गएको छ । कार्यपालिकाको पहिलो बैठक(जो खुसीयाली को बैठक थियो) मै विवाद सुरु भयो । सुरुवातमा मतदातालाई धन्वाद दिने र पहिलो निर्णय गर्दा नै विवाद बनेको थियो । त्यसपछि दोस्रो कार्यपालिका बैठकमा झन सह्वार्द भएन । एउटा टिमले बैठक नै बहिस्कार गर्नुपर्ने अबस्था आयो । बहुमतको डन्डा बर्साउन थालियो । स्थानीय सरकार सञ्चालन ऐनमा सकेसम्म कार्यपालिकाका निर्णयहरु सर्वसम्मत गर्नुपर्ने कुरा उल्लेख छ । त्यसको अर्थ अनाबश्यक विवाद, बहुमतको दम्भ भन्दा पनि कार्यपालिका सदस्यहरु सबैको भावना समावेश गर्नुपर्छ,भन्ने मान्यता नै हो । किनकी कार्यपालिकामा जनताबाट निर्वाचित भएर आएका वडाध्यक्षहरु र समावेशीताका आधारमा नगरसभाबाट निर्वाचित ब्यक्तीहरु नै हुन्छन् । उनीहरु सबैको भावनाको कदर गरेर अगाडी बढेमा समग्र पालिकाको विकास हुन्छ, भन्ने मान्यता पनि हो ।

बहुमतका नाममा एकलौटी गर्न थालेमा त्यसले विकासमा सबै वडालाई समावेश गर्न सक्दैन । वडाको समग्र भावना समेट्न सक्दैन । किनकी दोस्रो बैठकमा तुलसीपुरका ९ वटा वडा अध्यक्षहरुको भावना समेटन सकिएन्, उनीहरुको वडाको कुरा समावेश हुन सकेन । यो तुलसीपुरकालागि सुखद अभ्यास होईन् । जनताबाट निर्वाचित भइसकेपछि जनताको भावना बोल्ने कुरा हो । तर, एकलौटि रुपमा जाँदा त्यसले सकारात्मक परिणाम नदिन सक्छ । नेतृत्वले हरेक पक्षलाई सहमतिका आधारमा अगाडी बढाउदा ने सफल हुन सक्छ । अहिलेसम्म आम सहमतिमा नै ठूला–ठूला निर्णयहरु भएका छन्, र, त्यसले परिबर्तन ल्याएको छ । तर, जहाँ बहुमतका आधारमा पेल्न खोजिन्छ, त्यहाँ सफल भएको उदाहरणहरु कमै छन् ।


तुलसीपुरमा सर्वहारा वर्गका नेता, जनताका नेता आएको भनि यहाँका जनता खुसी छन् । धेरैले जनताका कुरा सुन्ने नेतृत्व भएकाले आशा पनि गरेका छन् । सादकी नेता भएकाले धेरैले उपमहानगरपालिकाको फजुल खर्च कम हुने र विकासका काम धेरै हुन्छन्, भन्ने कुरामा पनि विश्वास लिएका छन् । तर, अहिलेका गतिबिधिहरुले जनताले सोचे जस्तो सादकी, इमान्दारीताको छबि हराउछ,की भन्ने आम रुपमा चिन्ता बढ्ने गरेको छ, त्यसैले यस विषयमा तुलसीपुरका मेयरले यसतर्फ ध्यानाकर्षण हुन आबश्यक छ । साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person