आयुर्वेद विद्यापीठमा तालाबन्दी

तुलसीपुर
३१ जेठ / दाङ बेलझुण्डी स्थित नेपाल सस्कृत विश्वविद्यालय अन्तर्गत केन्द्रीय आयुर्वेद विद्यापीठका विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । लामो समयदेखि पठनपाठन रोकिएको,प्रयोगात्मक कक्षा सञ्चालन हुन नसकेको, हस्पिटल ड्यूटी, शैक्षिक भ्रमण हुन नसकेको भन्दै त्यसलाई तत्काल सूचारु गर्न,शिक्षण अस्पतालमा तत्काल ओपीडी सुरु गर्न माग गर्दै विद्यार्थीहरुले विद्यापीठ प्रशासनमा तालाबन्दी गरेका हुन् ।


आठौ ब्याचमा विएएमएस अध्ययनरत विद्यार्थीहरुले सोमबार तालाबन्दी गरेका हुन् । २०७५/०७६ देखि आठौं ब्याचका विद्यार्थीहरुको अध्ययन सुरु भएको र अहिले द्धितिय प्रोफेसनलमा अध्यनन रहेपनि नियमित नहुँदा पठन–पाठन कार्य प्रभाबित भएका विद्यार्थी नबराज जोसीले बताए । उनले माग पूरा नहुँदासम्म ताला नखोल्ने बताए ।