तुलसीपुरमा १६ बर्षीया किशोरी बलात्कृत

तुलसीपुर, २४ चैत ।
दाङ तुलसीपुरमा एक किशोरी बलात्कृत भएकी छन् । तुलसीपुर –१८ स्थित डुरुवा खोलामा १६ वर्षकी एक किशोरीलाई चैत १६ गते रातको ८ बजे बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका –२ दमाचौर निवासी २१ वर्षका लक्ष्मण विकले बलात्कार गरेको प्रहरीले बताएको छ । जाहेरी भने बिहीबार आएको हो ।


जाहेरी आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्यका जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । केही दिन अघि मात्रै शान्तिनगर ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षकले एसइइ दिने छात्रामाथि करणी गरेको उजुरी परेको थियो । तर, ति शिक्षक अझै पक्राउ पर्न सकेका छैनन् ।