नबनिर्बाचित जनप्रतिनिधिहरुलाई विद्यालय द्वारा स्वागत एवं सम्मान

निराश पान्डे
शान्तिनगर, २८ जेठ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर ६ स्थित आधारभुत विद्यालय सुनडबरिले शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्वागत एवं सम्मान गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमानन्द लामिछानेको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रेमा केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नबनिर्बाचित अध्यक्ष प्रमोद बस्नेत , उपाध्यक्ष प्रेमा के सी र वडा नम्बर ६ का सदस्यहरुलाई विद्यालयले टीका र खादा लगाएर स्वागत एवं सम्मान गरेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमोद बस्नेतले वडाकै एक मात्र विद्यालय भएका कारण यसको शैक्षिक सुधारका लागि सबै आ-आफ्नो तह र तर्फबाट लागि पर्नु पर्ने बताउनु भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेस कुमार शर्माले विद्यालयको भौतिक संरचना जिर्ण अवस्था रहेकोले पठनपाठनमा गार्‍हो भएको हुनाले यस विद्यालयको भौतिक संरचना निर्माणका लागि गाउँपालिकाको ध्यानाकर्षण गराउनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य लोक बहादुर ओलिले गरेका थिए भने सहजीकरण प्रधानाध्यापक सुरेस कुमार शर्माले गरेका थिए त्यसै गरि वडा नम्बर ६ स्थित शिव शक्ति माध्यमिक विद्यालय धनौराले पनि शुक्रबार एक कार्यक्रमको आयोजना गरि नबनिर्बाचित जनप्रतिनिधिहरुलाई स्वागत एवंसम्मान गरेको छ।