दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, २६ जेठ ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही–रामपुरस्थित सडकखण्डमा रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही–२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो ।


बिहीबार बिहान ४ बजे घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही–४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।