दंगीशरण–७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रमोद आचार्य,
दंगीशरण, २३ जेठ ।
दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयहरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाब तथा गुणासो सुनि जनताको प्रश्नको जवाफ दिन वडा–वडामा सार्वजनिक सुनुवाई कार्यक्रमको शुरुवात गरेसङ्गै आज (मंगलबार) वडा नं. ७ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

पालिकाले वडा–वडामा पुगी २४ गते पालिका स्तरीय बृहत सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो । आज वडा नं. ७ को कार्यालयमा वडा अध्यक्ष रेशम वलिको अध्यक्षतामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य संस्था,विद्यालय तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासो तथा सल्लाह सुझावहरु राखेका थिए ।


उपस्थित सहभागीले गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रम र कृषि तर्फ किसानको हित हुने किसिमका योजनाहरु ल्याउन आग्रह गरेका थिए। वडा नं. ७ का प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सस्था,विद्यालय,वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रश्नहरुको जवाफ दिदै स्पष्ट पारेका थिए ।सार्वजनिक सुनुवाइमा वडा नं. ७ को शिक्षा,स्वास्थ्य तथा कृषि सम्बन्धि समस्या र गुणासो राखेका थिए।

कार्यक्रममा बोल्दै वडा वलीले आफुले जनताले महसुस गर्ने गरी वडालाई समृद्ध बनाउने सवालमा लागीपरेको बताउनुभयो । सुचना प्रवाहको सवाल देखी योजना गुणस्तरीयसम्म आफु खटियर लागीरहेको बताउने वडा अध्यक्ष वलिले आफुले भौतीक पुर्वाधारको विकासलाई मात्र विकास नठानि आगामि बजेटमा मानविय विकास हुने किसिमका कार्यक्रमलाई अगाडी सारीने बताउनुभयो ।

दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो।