जिल्ला समन्वय समिति दाङमा गठबन्धनको मात्रै उम्मेदवारी दर्ता

दाङ,२५ जेठ ।

जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा गठबन्धनका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।


सोही अनु्सार जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी परेको छ । उनी राप्ती गाउँपालिका–७ वडा नम्वरबाट वडा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चेतना चौधरीको उम्मेदवारी परेको छ । त्यस्तै खुला सदस्यमा नेपाली कांग्रेसबाट कुलबहादुर बुढा, महिला सदस्यमा हरिदेवी पोख्रेल, दलित महिला सदस्यमा सरस्वती नेपाली, महिला सदस्यमा जुनकुमारी बुढा र कल्पना शेर्पाइलीको उम्मेदवारी परेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट खुल्ला सदस्यमा टोपाराम चौधरी र खुला सदस्यमा दुर्पती चौधरीको उम्मेदवारी परेको छ ।

जिल्ला समन्वय समितिको जेठ २९ गते निर्वाचनको मिति तोकिएको छ । सोही अनुसार बुधबार उम्मेदवारी दर्ताकालागि मिति तय गरिएको भएपनि अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी दर्ता भएको छैन ।