अध्यक्ष बस्नेत लाई ज्ञापनपत्र

निराश पान्डे
शान्तिनगर २४ जेठ ।
शान्तिनगर गाउँ पालिकाका नबनिर्बाचित अध्यक्ष प्रमोद बस्नेत लाई शान्तिनगरको चिराघाटमा रहेको प्रहरी चौकी स्तरउन्नती र चिराघाटमा बैंक स्थापनाको लागि पहल गरिदिन सोमबार ज्ञापन बुझाइएको छ। नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तुलसिराम बि क को नेतृत्वमा गएको टोलिले गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेत लाई उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा भनिएको छ चिराघाटमा रहेको प्रहरी चौकी २०४५ साल भदौ १२ गते अस्थायी प्रहरी चौकिको रूपमा स्थापन भएको र २०५४ सालमा स्थायी प्रहरी चौकिको रूपमा परिणत भएको जनाइएको छ। प्रहरी चौकी स्थापना भएको ३४ बर्ष भै सक्दा पनि यसको स्तर उन्नती हुन नसक्नु दुखको कुरा हो ज्ञापनपत्रमा भनिएको छ। शान्तिनगर गाउँ पालिकामा रहेको एक मात्र प्रहरी चौकी को स्तर उन्नती र बैंक स्थापना को लागि छिटो भन्दा छिटो पहल गरिदिन अध्यक्ष बस्नेत लाई आग्रह गरिएको छ। उता गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेतले ज्ञापनपत्र बुझ्दै आफुले प्रहरी चौकीको स्तरउन्नती र बैंक स्थापनाको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
Attachments area