प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनः असार १ बाट मतदाता नामावली संकलन

दाङ
२३ जेठ / निर्वाचन आयोगले आगामी १ असारबाट मतदाता नामावली संकलन सुरु गर्ने भएको छ। आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि गत २५ माघबाट स्थगित गरेको नामावली संकलन र अद्यावधिक कार्यलाई सुरु गर्न लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी नामावली संकलन सुरु गर्न लागिएको हो। आयोगले यस अवधिमा नागरिकता लिएका र मतदाता नामावलीका लागि योग्यता पुगी नाम दर्ता गर्न छुट भएकाहरुले विवरण संकलन गरिने जनाएको छ।


आयोगका अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत विवरण संकलन हुनेछ।