गोकर्ण पौडेल
जेठ २३ तुलसीपुर । तुलसीपुर उपमहागरपालिका भित्र रहेका होटेलहरुको स्तरीकरण सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसिपुरले यश क्षेत्रमा रहेका होटेलहरुको सेवा, खाद्य वस्तु,सरसफाइलगायतका सूचाकाङ्कमा राखेर स्तरीकरण सुरु गरिएको हो ।
डिभिजन कार्यालयका प्रमुख उज्ज्वल रायमाझीले चार क्षेत्रमा विभाजन गरेर होटेलहरुमा लोगो टास्न शुरु गरिएको हो । उपभोक्ताहरुलाई सफा,स्वस्थ, गुणस्तर युक्त खानाका लागि स्तरीकरण सुरु गरेकोठ कार्यालय प्रमुख रायमाझीले जानकारी दिनुभयो ।कार्यालयले गत वर्ष खाद्य सुरक्षाका लागि पानी,खाद्यान्न वस्तु,होटेल, डेरी,किराना पसलका एक सय साठी वटा नमुना परीक्षण गरेको थियो ।
स्तरीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख टीकाराम खडकाले पछिल्लो समयमा अखाद्य वस्तु उपयोगका कारण क्यान्सर जस्ता रोगहरु बढ्दो क्रममा रहेकाले कार्यालयले दैनिकरुपमा अनुगमन, खाद्य वस्तुको ल्याब टेस्टमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले खाद्य वस्तुको निरिक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा,उपभोक्ता संरक्षण हित शाखा रेखा शर्मा लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लाइभदाङ । २३ जेष्ठ २०७९, सोमबार १६:३० बजे