विश्व वातावरण दिवसमा एन प्याव्सन दाङ द्वारा जनचेतनामुलक ¥यालीको आयोजना 

शरद रेग्मि
दाङ, २२ जेठ ।

जुन ५ अर्थात विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरि नेपाल सहित विश्वभर मनाईएको छ । यसवर्ष माटो वचाउ भन्ने नारा सहित दिवस मनाईएको हो । दिवसको अवसरपारि एन प्याव्सन दाङले जनचेतना मुलक ¥याली गरेको छ । विद्यालयका विद्यार्थीहरुको सहभागितामा माटो वचाउ , पृथ्वी वचाउ,जीवन वचाउ , वतावरणको संरक्षण गरौ लगायतका नारा लेखिएका प्ले कार्ड सहित ¥याली गरिएको हो । अरनिको मैदान वाट शुरु भएको ¥यालीले तुलसिपुर वजारको विभिन्न भागको परिक्रमा गरि विपि चोकमा समापन गरिएको थियो ।


एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा भएको समापन कार्यक्रममा वोल्ने वक्ताहरुले अहिलेको प्रमुख चुनौति भनेको माटो वचाउनु रहेको वताएका थिए । माटोकै कारण विभिन्न खाले वनस्पतिहरु लोप हुदै गएको र उत्पादनमा समेत ह्रास आएको हुदा माटो वचाउने अभियानमा लाग्न सुझाएका थिए । सो अवसरमा वोल्दै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डागिले वातावरण विनास न्युनिकरणका लागि सवै क्षेत्रको सहकार्य आवश्यक रहेको वताउनु भयो । डागिले वातावरण विनास भै रहेका कारण नै माटोको समेत विनास भैरहेको भन्दै समयमै माटो संरक्षण अभियानमा ध्यानदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।

त्यस्तै कार्यक्रममा वोल्दै सरसफाइ अभियन्ता विमल रिजालले यस्तो महत्वपूर्ण दिवसमा सरकारि क्षेत्र वाट कुनै कार्यक्रम नगरिनु दुखद कुरा भएको वताउनु भयो । रिजालले सरसफाइ र वातावरण संरक्षण गर्ने अभियानमा जनता संग सहकार्य गरेर अगाडि वढन स्थानिय निकायहरुलाई आग्रह गर्नु भयो । त्यसैगरि कार्यक्रममा वोल्दै एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माले वातावरण संरक्षण अहिलेको प्रमुख चुनौति रहेको भन्दै यसको संरक्षणका लागि हामी सवै लागिपर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको सहजिकरण सचिव ठाकुर प्रसाद डागिले गर्नु भएको थियो ।