सोचमा परिवर्तन हुन नसक्दा छुवाछुत उस्तै

सुशील बस्नेत
दाङ,२१ जेठ ।

नागरिक अगुवाहरुले जातीय छुवाछुतको अन्त्यका लागि अव राज्यको मुल प्रभाहिकरणमा दलित समुदायको भुमिका हुनुपर्ने बताएका छन् । जातीय छुवाछुत कानून सजाय ऐन २०६८ कानून कार्यान्वयनको अबस्थामा हाम्रो भूमिका बिषयक तुलसीपुरमा आयोजित कार्यक्रममा सम्बोधन गदै नागरिक समाज दाङका अगुवा टिकाराम रेग्मीले बिभेदका बिरुद्ध सामाजिक रुपान्तरण हुनुपर्नेमा जोड दिए । बिभेदकारी समाजमा जातजाति बिचको अन्तरघुलन हुने बिचार राखेका थिए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति एबम पत्रकार सुशील बस्नेतले सामाजिक न्याय,राजनीतिक अधिकार प्राप्ती र आर्थिक सम्बृद्धिबाट मात्र जातीय छुवाछुतको उन्मुलन गर्न सकिने बिचार राखे । यसका लागि स्थानीय तहको सरकारले दलीत समुदायका लागि बिशेष योजना तथा कार्यक्रम बनाउनुपर्ने र उनीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा सुझाब दिए ।


तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर १३ का अध्यक्ष मोहन पौडेल, वडा नम्वर १८ का अध्यक्ष माधव वली, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमुना परियार,दङगीशरण गाँउपालिकाका कार्यापालिकाका सदस्य सितारा नेपाली, तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर ५ का सदस्य मधुमति सुनारले आगामी आर्थिक बर्षका लागि बनाईने योजना तथा बजेटमा दलितको पक्षमा प्रभावकारि कार्यक्रम ल्याईने प्रतिबद्धता जनाए ।

दलित नागरिक समाजको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पूर्व जनप्रतिनिधि युवा करारा र डिला परियारले बिगतको अनुभव सुनाएका थिए, भने कार्यक्रममा नेपाल दलित संघ लुम्बिनी प्रदेशका अध्यक्ष जोगेन्द्र बिश्वकर्मा,दलित संघ संस्थाको तर्फबाट उमलाल बिश्वकर्मा,नेपाल दलित संघका खेम सेन्चुरी,शिक्षीका पविता बिश्वकर्मा,दलित युवा मुना बिक लगायतले सोचमा परिवर्तन हुन नसक्दा छुवाछुत अन्त्य हुन नसकेको बताए । दलीतको बिगतको अवस्था,हालको समस्या र समस्या समाधानको बारेमा  भनाई राखेका थिए ।

दलित अधिकारकर्मी निर्मल नेपालीले जातीय बिभेद बिरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बनेका सन्धि,सम्झौता,संविधान र कानूनको चर्चा गरे । समाजका संयोजक छवी परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सन्तोष परियार र सहजिकरण खेमराज बिश्वकर्माले गरेका थिए ।