लमहीमा एक मोटरसाईकल वर्कशपमा आगलागी हुँदा १० लाख बराबरको क्षति

लमही, १९ जेठ ।

दाङको लमहीमा रहेको एक मोटर साईकल वर्कशपमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । बिहीबार बिहान सवा १ बजे लमही नगरपालिका वडा नं. ५ का बिष्णा रेग्मीको घरमा सटर भाडा लिएर एटुजेट सोटरसाईकल वर्कशप सेन्टर सञ्चालन गरेका मुस्त खानको पसलमा बिजुलीको तर सर्ट भएर आगलागी भएको थियो ।


आगलागी भएको खवर पाएपछि प्रहरी नायव निरिक्षक पुरन मल्लको कमाण्डमा गएको ७ जनाको प्रहरी टोलीसहित लमही नगरपालिकाको दमकल र स्थानीय बासीको सहयोगमा साढे २ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । आगलागीबाट २ वटा मोटरसाईकल, मोटर साईकल मर्मतका लागि राखिएको सामग्री र नगद ४० हजार रुपैयाँ जलेको रिजालले जानकारी दिए ।