अध्यक्ष बस्नेत संग भेटघाट

निराश पान्डे
शान्तिनगर, १७ जेठ ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत संग नेकपा माओवादी शान्तिनगरले कार्यालयमै आज भेटघाट गरेको छ। भेटघाटका क्रममा नवनिर्वाचितअध्यक्ष बस्नेत लाई बधाई ज्ञापन समेत गरेको छ। साथै अध्यक्ष बस्नेतको सफल कार्यकालको समेत कामना गर्दै शान्तिनगर गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन समेत सुझब दिएका छन्।


नवनिर्वाचित अध्यक्ष बस्नेतले चुनावका बेला जनता माझ गरेका कुराहरु पूरा गर्ने बताउदै शान्तिनगरको समग्र विकासको लागि सबैको सहयोगको उत्तिकै आवश्यक रहेको बताउनु भएको छ। उक्त भेटघाट कार्यक्रममा नेकपा माओवादी शान्तिनगरका अध्यक्ष नेब बहादुर रोका, सचिब पिम लाल ओलि, महिला नेत्री राधिका परियार, त्यसै गरि सुन्दर सामुदायिक बनका कोषाध्यक्ष रुद्र देबकोटा र बुद्ध मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप दाहालको सहभागिता रहेको थियो।