गुरुकुल एकेडेमी लमहिको प्रधानाध्यापकमा खनाल नियुक्त

लमहि, २ साउन ।
दाङको लमहिमा शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको गुरुकुल एकेडेमी लमहिको प्रधानाध्यापकमा सुरज खनाल नियुक्त हुनुभएको छ । आज बसेको विद्यालय संचालक समितिको बैठकले लामो समय शिक्षा क्षेत्रको अनुभव बटुलेका खनाललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त प्रधानाध्यापक खनालले यहि श्रावण २ गतेबाट जिम्मेवारी समाल्नुभएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक खनालले गुरुकुल एउटा उत्कृष्ट विद्यालय भएको र सम्पुर्ण यस विद्यालयका अभिभावकहरुका बालबालीकाहरु यहि उत्कृष्ट विद्यालयमा अध्ययणरत भएको हुदा सम्पुर्ण विद्यार्थिहरुको उज्वल भविष्यका लागि विद्यालयले गर्नुपर्ने सम्पुर्ण जिम्मेवारी आफुले पुरा गर्ने बताउदै अभिभावकहरुलाई ढुक्क हुन आग्रह समेत गर्नुभयो । साथै विद्यालयलाई सफल बनाउनको लागि सम्पुर्ण अभिभावक , कर्मचारी , विद्यार्थि र संचालक समितिको पुर्ण सहयोगको आवश्यक रहने भएकाले सम्पुर्णमा सहयोग गर्न समेत अपिल गर्नुभएको छ ।


पछिल्लो समय बढ्दै गएको नँया–नँया प्रविधिहरु प्रयोग गरी विद्यार्थिहरुलाई अध्यापन गराउने समेत उहाँले बताउनुभयो । यसैगरी नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै विद्यालय संचालक समितिका अध्यक्ष ई.अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षासंगै अब्बल शैक्षिक संस्थाका रुपमा गुरुकुल एकेडेमी लमहिलाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । गुरुकुल एकेडेमी घोराहीमा स्थापना भएको ९ बर्षको अवधिमा महत्वपुर्ण उपलब्धिहरु हासिल गरेको भन्दै उहाँले ति उपलब्धिहरुलाई संस्थागत गर्दै लक्ष्य प्राप्तिका लागि खनालले नेतृत्वदायि भुमिका खेल्नेमा विश्वास गर्नुभयो ।

दाङको घोराहीमा जन्मिनुभएका खनालले घोराहीकै महेन्द्र बहुमुखि क्याम्पसबाट ब्याचलर गर्नुभएको थियो । यसैगरी त्रिभुवण युनिभर्सिटि बाट मास्टर गरेका खनालले एमफिल पोखरा युनिभर्सिटिबाट गर्नुभएको हो । बिगत ९ बर्ष काठ्मान्डौ पद्य्मकन्या क्याम्पसमा अध्यापन गरी अनुभव बटुलेका खनाल गुरुकुल एकेडेमी लमहिमा २०८० सालबाट सहायक प्रधानाध्यापकमा नियुक्त हुनुभएको थियो । यसैगरी विद्यालय संयोजकमा एलिसा शर्मा नियुक्त हुनुभएको छ ।