तुलसीपुर ४ को पहिलो निर्णय : शहीद,वेपत्ता,घाईते, तथा विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा

तुलसीपुर
१६ जेठ / तुलसीपुर उपमहानगरपालिका वडा नं.४को सोमबार पदभार ग्रहणपछि बसेको पहिले बैठकले बिभिन्न निर्णय गरेको छ । वडाध्यक्ष तुलसी थापा‘समीर’को अध्यक्षतामा बसेको बैठकले जनयद्ध तथा जनआन्दोलनका शहीद, घाईते, वेपत्ता तथा अतिविपन्न परिवारलाई ल्याबसहितको स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै वडा कार्यालयका सेवाहरु दुई स्थानबाट प्रदान गर्ने समेत निर्णय भएको छ । हालको बनहरी स्थित वडा कार्यालयबाट र रक्षाचौर स्थित सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट कार्यालयको प्रशासनीक सेवा प्रदान गर्ने निर्णय गरेको हो । यसले वडाको सबै नागरिकलाई सहज सेवा पु¥याउन मद्दत गर्ने वडाध्यक्ष थापाले बताए ।

No description available.


त्यस्तै यी दुबै स्थानबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने समेत निर्णय भएको छ । साथै वडाका सबै घरमा विद्युत पु¥याउने, फलाम वा सिमेन्टका पोलहरु उपलब्ध गराउने, प्रत्येक घरमा खानेपानीको धारा ब्यबस्थापन गर्ने वडाले निर्णय गरेको अध्यक्ष थापाले बताए । साथै वडामा भएको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा पुरानालाई विदाई कार्यक्रममा अध्यक्ष थापाले आफूले कुरा भन्दा बढि काम गर्ने बताए । उनले जनताको मर्म र भावना अनुसार काम गर्ने समेत बताए ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य सेशुराम भण्डारीले विगतका जनप्रतिनिधिहरुले गरेका गलत क्रियाकलापलाई सुधार गर्नुकासाथै राम्रा कामको अनुसरन गर्नुपर्ने बताए । त्यस अवसरमा काँग्रेसका नेता सुरेन्द्र खड्कालगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अवसरमा वडा सचिब तुलाराम केसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।