दाङमा घर भत्किदा महिला घाइते

तुलसीपुर
२७ साउन / दाङमा घर भत्किदा एक महिला गम्भीर घाईते भएकी छिन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेखाली निवासी ६४ बर्षीया श्रीमती बुढा मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।


बुधबार बिहान पौने ११ बजे तिर एक तले घर भत्किदा उनी घाइते भएकी हुन् । घर भत्किदा उनी परिएको अबस्थामा प्रहरीले उद्दार गरेको हो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकोे छ ।

अवस्था मध्याम रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।