जनता नयाँ अनुहार चहान्छन्

मुलुकमा संघीयता आएपछि भएका स्थानीय सरकारमा एक कार्यकाल काम गरे । स्थानीय सरकारले जनतासंग प्रत्येक्ष सरोकार राख्छ । जसले जनताका हरेक समस्यासंग एकाकार गर्छ । त्यसैले पनि जनताका हरेक समस्या ति जनप्रतिनिधि बुझ्छन्, भने जनताले पनि उनीहरुलाई प्रत्येक्ष निगरानी गरिरहेका हुन्छन् । पहिलो कार्यकालमा जनताले धेरै कुरा सुझबुझ गरे । जनप्रतिनिधिलाई नियाले । त्यसकै परिणाम दोस्रा स्थानीय तह निर्वाचनमा देखिदैछ । जनता अब पार्टी भन्दा पनि बढि ब्यक्ती हेर्न थालेका छन् । धेरै ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्, भने केही स्थानमा कडा प्रतिस्पर्धामा छन् । यसले पनि जनता अब पार्टी भन्दा पनि ब्यक्ती हेर्छन् ।

जनताले सीघ्र विकास चाहेका छन् । जसले विकास गर्न सक्छ, उही नेता चहान्छन् । कुसल रुपमा सत्ता सञ्चालन गर्ने, जनताका हरेक समस्यासंग जुध्ने, सबै जनतालाई समान ब्यबहार गर्ने ब्यक्ती नै स्थानीय सरकारको प्रमुखका रुपमा हेर्ने चाहाना हुन्छ । त्यसैले पनि अहिले जनताले नयाँ अनुहारलाई छान्ने गरेका छन् । स्थानीय सरकारमा ब्याप्त भ्रष्टाचार भए, अनिमितता भयो, जनतालाई समान ब्यबहार भएन, विकासमा काखापाखा भयो यस्ता कुराहरु जनहीत विपरित थिए, त्यसैले पनि धेरै जनप्रतिनिधिहरु अहिले नयाँ अनुहारका छन् । दाङकै सन्दर्भमा दोहोरिन खोजेका धेरै जनप्रतिनिधिहरु पछारिएका छन् । जनताले नयाँ अनुहार हरेका छन् । पुरानो अनुहारलाई पाँच बर्ष नियालेपछि नयाँ अनुहारले जनताको अनुकूल काम गर्छन् की भन्ने अपेक्षा नै हो । त्यो विवेक अहिले जनताले प्रयोग गरेका छन् ।


स्थानीय निर्वाचनमा अब पार्टी भनेर मात्रै पनि जनताले भोट दिने स्थिति छैन । जो जनतासंग जोडिन सक्छ, जनताको भावना अनुसार काम गर्न सक्छ, त्यही ब्यक्ती नै निर्वाचित हुने अबस्था छ । त्यसमा पनि युवा, नयाँ भिजन दिन सक्ने ब्यक्तीलाई बढि जनताले रुचाएका छन् । त्यसैले प्रत्येक जनप्रतिनिधि अब जनतासंग प्रत्येक्ष जोडिने, जनताका हरेक समस्यासंग जुध्ने कुरामा ध्यान दिन आबश्यक छ । अर्को तिर राजनीतिक दलहरु प्नि अब जनतासंग नजोडिने हो भने स्वतन्त्र रुपमा आउने उम्मेदवार पनि जनताको पृय हुन सक्ने अबस्था सिर्जना भएकाले अब जनतासंग जोडिने कुरा तर्फ ध्यान दिन सकिएन भने मुलुकको राजनीतिक कोर्ष नै परिबर्तन हुने देखिन्छ ।साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person