तुलसीपुर १२ को पहिलो निर्णय : दीर्घ रोगीको तथ्यांक संकलन गर्ने

तुलसीपुर
१३ जेठ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष खुसीराम चौधरीसहित वडाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार पदभार ग्रहणसंगै बसेको पहिलो बैठकले दीर्घ रोगीहरुको तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । अध्यक्ष खुसीराम चौधरीका अनुसार मिर्गौला पीडित, ढाड, क्यान्सर, मुटुरोगीलगायतको तथ्यांक संकलन गर्ने निर्णय भएको हो ।


त्यस्तै बैठकले मतदाताहरुलाई धन्यवाद दिएको छ । मतदाता तथा आम वडावासीको अपेक्षा अनुसार काम गर्ने अध्यक्ष चौधरीले बताए । वडाको समृद्धिकालागि हरकदम लाग्ने समेत उनको भनाई छ ।